+

दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

२०८३ असोज  १९ गते १२:४७ २०८३ असोज १९ गते १२:४७

१९ असोज, काठमाडौंं । दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरेका हुन् ।

उद्घाटनमा कर्णालीकासामाजिक विकास मन्त्री जितबहादुर मल्ल र राखेप सदस्य–सचिव रामचरित्र मेहता सहभागी थिए ।

दशौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न हातामा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा हुने तय गरिएको छ ।

१०औँ राष्ट्रिय खेलकुद दशौँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय