Comments Add Comment

चैत अन्तिम साता सामसुङ मोबाइल प्रर्दशनी

CTC Mobile Bazzar (13)

१८ चैत, काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसी मलमा चैत २७ देखि सामसुङ मोबाइल एक्स्पो आयोजना हुँदैछ । सिटिसी मलमा खुल्न लागेको मोबाइल बजार ओपनिङको अवसर पारी एक्स्पो आयोजना गर्न लागिएको हो ।

मोबाइल एक्स्पो बैशाख पहिलो हप्ताभर सञ्चलन हुने मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पो ‘नझुक्याउने पक्का पर्ने’ ग्रान्ड अफरसहित सञ्चालन हुँदैछ ।

एक्स्पोमा हरेक घण्टा क्यासब्याक अफरमार्फत ५५ प्रतिशत सम्मको छुट दिइने बताइएको छ । त्यस्तै, स्क्र्याच कार्डमार्फत हरेक मोबाइलमा ८ देखि ५५ प्रतिशतसम्म छुट, हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिने छ ।

एसएलसी दिएका बिद्यार्थीहरुलाई प्रबेशसँगै लक्की ड्र मा समावेश गराइने व्यवस्था गरिएको छ । यसका लागि एसएलसी परीक्षाको प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने हुन्छ । एक्स्पोमा तीन लाखभन्दा बढी अबलोकनकर्ता आउने बिश्वास मोबाइल बजारले लिएको छ ।

एक्स्पोमा सयभन्दा बढी मोबाइल स्टल, फुडकोर्ट, गेमिङ जोन, बच्चाहरुलाई मनोरञ्जन गर्ने ठाउँ र टच एण्ड फिलजोन लगायतका सुविधाहरु उपलब्ध गराउने आयोजकले जनाएको छ ।

नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेट तथा बिभिन्न एसेसोरिजहरुको कारोबार एक्स्पोमा गरिने छ । मोबाइल बजारमा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सेटहरु बिक्री वितरण हुनेछन् । सयभन्दा बढि मोबाइल पसल तथा १७ भन्दा बढि सर्भिस सेन्टर रहनु नै यस बजारको मुख्य आकर्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment