Comments Add Comment

ट्रेलर रिलिजमा झरनाले भनिन्–‘छोरीलाई आफू हिडेको बाटोमा ल्याउँदैछु’

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युटुबमा भने बिहिबार दिउँसो १ बजे मात्र सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकारहरु सलोन बस्नेत, रेअर राई, निर्माता सुनिलकुमार थापा उपस्थित थिए । कार्यक्रममा बोल्दै निर्देशक झरना थापाले भनिन्–‘यो पटक मैले छोरी सुहानालाई डेब्यू गराउँदैछौ । आफूले हिडेको बाटोमा ल्याउँदैछु । आजबाट तपाइहरुलाई मेरी छोरीलाई तपाइहरुमाझ छाड्दैछु ।’

कार्यक्रममा बोल्दै नायक अनमोल केसीले भने–‘यो टिमसँग जोडिन पाउँदा म अत्यन्त खुशी छु । सबैको साथ र सहयोग पाउनेछु भन्ने आशा छ ।’ यस्तै, नायिका सुहाना थापाले भनिन्–‘मेरो आजबाट नयाँ यात्रा सुरु हुँदैछ । सबैको माया पाउँछु भन्ने आशा गरेकी छु ।’

कार्यक्रममा बोल्दै नायक सलोन बस्नेतले ‘ए मेरो हजुर’को हरेक श्रृङ्खलाको सहयात्री बन्न पाउँदा खुशी लागेको सुनाए । चलचित्रले एक स्टार र एक फ्यानविचको कथालाई उठान गरेको छ । कार्यक्रममा नायिका तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर केक समेत काटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment