+
+

सुकेधारामा खुल्यो बाजेको सेकुवाको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १४:०८

Bajeko-Sekuwa३ बैशाख, काठमाडौं । रेस्टुरेन्ट व्यवसायमा ख्याति कमाएको बाजेको सेकुवाले काठमाण्डाैंको सुकेधारामा पनि शाखा खोलेको छ । सेकुवा र तासका पारखीहरुलाई मध्यनजर गर्दै शुक्रबारदेखि सुकेधारामा नयाँ आउटलेटकाे अाैपचारिक सुरूवात हुँदैछ ।

फास्ट फुडमा उदयीमान ब्राण्ड ‘बाजेको सेकुवा’ले पछिल्ला बर्षहरुमा तिब्ररुपमा आफुलाई विस्तार गरिरहेको छ ।
पाँच बर्षभित्र देशभरी शाखा संजला विस्तार गर्ने महत्वकांक्षी लक्ष्य लिएको बाजेको सेकुवाले प्रेन्चाइज मोडलमा संजाल विस्तारलाई प्राथमिकता दिएको अध्यक्ष चेतन भण्डारीले बताए ।
भण्डारीका अनुसार बाजेको सेकुवामा लामो समय काम गरेका कर्मचारीहरुले आफै लगानी गरेर सुकेधाराको आउटलेट प्रेन्चाइज मोडलमा संचालन गर्न लागेका हुन् ।
बाजेको सेकुवाले फ्रेन्चाइज मोडलमा विस्तार गरेको यो तेस्रो शाखा हो । यसअघि कार्तिकमा सुकेधारा र अघिल्लो बर्ष पोखरामा यही मोडलमा शाखा सुरु भइसकेका छन् ।
फ्रेन्चाइज मोडलका शाखाहरु ब्यबस्थापन गरिरहेको बाजेका भेन्चर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल खड्काले आगामी आर्थिक बर्षभित्र ८ वटा नयाँ शाखा खोल्ने लक्ष्य लिइएको जानकारी दिए ।
आगामी पाँच बर्षभित्र देशभरीमात्र नभई बिदेशमा समेत बाजेको सेकुवाको ब्राण्ड विस्तार हुने उनले जानकारी दिए ।
बाजेको सेकुवाले सुपर मार्केट र खुद्रा पसलहरुमार्फत् पनि प्याकेजिङ मासु र मसला बिक्रि गर्न लागेको उनले जानकारी दिए ।
बाजेको सेकुवाले चितवनको भरतपुरमा आगामी बैशाख १६ गते र लाजिम्पाटमा यही आर्थिक बर्षभित्र शाखा संचालन गर्न लागेको खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?