+
+

यो पागल मनमा वर्षा र सगुनको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ९ गते ९:३०

yo-pagal-maan

काठमाडौं । वर्षा शिवाकोटी र सगुन शाही ठकुरीलाई पागल बनाउने योजनामा छन् विनोद न्यौपाने । चलचित्र ‘यो पागल मन’ मा मुख्य भुमिका निर्वाह गर्ने भएपछि उनीहरुको ‘अनस्क्रिन रोमान्स’ सुरु हुने भएको हो ।

गोपीकृष्ण मूभिजले सन् २०१५ भित्र ७ चलचित्र निर्माण गर्ने घोषणा गरे अनुसार तेस्रो चलचित्र ‘यो पागल मन’को मंगलवार काठमाडौमा मूर्हत गरिएको छ । ७ चलचित्र मध्ये ‘होमवर्क’को सम्पादन र ‘ठमेल डटकम’को छायाँकन जारी छ ।

कल्याण अधिकारीको निर्देशन रहने यस चलचित्रमा गौरी मल्लको पनि मुख्य भुमिका रहेको छ । उद्धव पौडले आफैले निर्देशन गर्ने भन्दै केही वर्ष अघि दर्ता गरेको यो फिल्म उनी राजनीतिमा सक्रिय भएपछि कल्याणलाई जिम्मा दिएका थिए ।

चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कविराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयका गीतका साथै राजेश पायल राई, स्वरुपराज आचार्य, दुर्गा खरेल र भुवन प्यासीको स्वर रहेको छ । कार्यक्रममा गायक राईले पटियाला कुर्ता बोलको गीत सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?