+
+

हिमालयन हेल्थकेयर नेपालको स्वास्थ्य टोली धादिङको लापामा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते ११:०८

१८ बैशाख, इलाम । हिमालयन हेल्थकेयर नेपालको स्वास्थ्य टोली बिरामीको उपचारका लागि धादिङको लापा पुगेको । १३ जनाको एक मेडिकल टोली बिहीबार भारतीय आर्मीको हेलिकप्टरबाट लापामा पुगेको हो ।

टोलीले करिव १० दिन घटनास्थलमा रहेर भूकम्पको विपतमा परेका बिरामीहरूको उपचार गर्नेछ । टोलीमा हिमालयन हेल्थकेयर नेपालबाट सञ्चालित डा. मेघ बहादुर पराजुली सामुदायिक अस्पतालमा कार्यरत डा. रक्षा पराजुली, रविन रायमाझी, विना तामाङ्ग(स्टाफ नर्स), अमृता पिठाकोटे(अनमी), रिता न्यौपाने (ल्याव टेक्नोलाजिष्ट), नन्दु राई, खगेन्द ठकुरी तथा धादिङ्गमा रहेका हिमालयन हेल्थकेयरका कर्मचारीहरु सप्तकुमार घले, रेक तामाङ्ग, विन थापा, जिल्ला जनस्वास्थ्य कार्यालयका मनिर आलम, फार्मेसिष्ट प्रकाश श्रेष्ठ, कुलमणि बस्नेत लगायत रहेको डा. मेघ बहादुर पराजुली सामुदायिक अस्पतालका लेखा अधिकृत दीपक ढुंगानाले जानकारी दिए ।

हिमालयन हेल्थकेयरले करिव धादिङ जिल्ला दैवि प्रकोप व्यवस्थापन समितिमार्फत ८ लाख बरावरको राहत खाद्यय सामाग्री वितरण गरेको छ । जनस्वास्थ्य कार्यालय धादिङ्गमार्फत ६ लाख रूपैयाँ बरावरको औषधी, जिल्ला विकास समितिलार्इ ४ थान जेजेटर तथा पछि जिविसलार्इ फिर्ता गर्ने गरी नेपाल टेलिकमलाई १ थान जेनेरेटर र जिल्ला अस्पताल धादिङ्गलाई एक थान जेनेटर प्रदान गरेको छ । त्यस्तै मेघबहादुर पराजुली अस्पतालमा रहेका उपकरणाहरू अपरेशन ओटि लाइट, एनेस्थेसिया मेसिन, सक्सन लगायतका अन्य सामाग्री पछि फिर्ता गर्ने गरी जिल्ला अस्पताल धादिङ्गलाई प्रदान गरिएको ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?