२१ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ करोड ५६ लाख ६३ हजार ३० रुपैयाँ राहत रकम जम्मा भएको छ ।
भुटान सरकारले दिएको भनिएको १० लाख यूएस डलर र साउदी अरबका राजकुमारले सहयोग गर्ने भनेको १ लाख ३० हजार यूएस डलर भने कोषमा जम्मा भैसकेको छैन ।
भूकम्पपछि स्वदेश तथा विदेशका व्यक्ति, संघसंस्था र मुलुकहरुबाट नेपाललाई सहयोग गर्ने क्रम जारी छ । हालसम्म ४० व्यक्ति तथा संघ संस्थाले गरेको आर्थिक सहयोग प्रधानमन्त्री उद्धारकोषमा जम्मा भएको छ ।
त्यसबाहेक भूकम्प पीडितहरुको राहत, उद्धार र पुनःस्थापनाका लागि गृहमन्त्रालयबाट २ अरब रुपैयाँ निकासा भएको छ ।
कस्ले कति गरे सहयोग हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4