+
+

प्रदीप पौडेलको पहलमा बन्यो गोर्खामा ५३ टहरा

६ जेठ, गोर्खा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा मंगलवार तथा बुधवार गरी गोर्खाको पालुङटार-८ स्थित उपल्लो मालती गैरा गाउँमा ५३ अस्थायी घर टहरा निर्माण गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ६ गते १३:२०

Tahara

  • गोर्खामा प्रदीप पौडेलको टोलीले बनाइदिएको टहरो

६ जेठ, गोर्खा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा मंगलवार तथा बुधवार गरी गोर्खाको पालुङटार-८ स्थित उपल्लो मालती गैरा गाउँमा ५३ अस्थायी घर टहरा निर्माण गरिएको छ ।

उपत्यकामा रहेका नेपाल इन्जिनियरिङ कलेज, कसमस इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, ग्रामीण आदर्श बहुमुखी क्याम्पस, मनोहर क्याम्पस लगायतमा अध्ययनरत इन्जिनियर तथा स्वयंसेवक सहित करीब दुई सय जनाको पहलमा अस्थायी घर टहरा निर्माण गरिएको हो ।

यसका लागि काठपात, माटो, छ्वाली, तथा बाँसको जोहो स्थानीय बासिन्दाले गरेका थिए । जस्तापाता, किला, काँटीसहित अन्य अत्यावश्यक सामाग्री विभिन्न दाताहरुको पहलमा जुटाइएको थियो । प्रति टहरा एक बण्डल जस्तापाता हाल बेलायतको टनब्रिज निवासी समाजसेवी अनिल आचार्यले उपलब्ध गराएको पौडेलले जानकारी दिए ।

टहरोको जस्तापाताका काँटी ठोक्दै प्रदीप पौडेल
टहरोको जस्तापाताका काँटी ठोक्दै प्रदीप पौडेल

‘भूकम्प प्रभावित जिल्लाहरुमा ५ सय अस्थायी घर टहरा निर्माण गर्ने आफ्नो सार्वजनिक घोषणा अनुसार पहिलो चरणमा गोर्खामा काम सम्पन्न गरिएको हो,’ नेविसंघका पूर्वअध्यक्ष समेत रहेका पौडेलले भने ।

विहीवारबाट धादिङ, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, काभ्रे, दोलखा, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा अस्थायी टहरा निर्माणको सम्भाव्यता अध्ययन गर्न इन्जिनियरहरुको एक टोली खटाइने र लगत्तै काम थालिने पौडेलले बताए ।

यसैबीच गोर्खाको पालुङटार-८ स्थित उपल्लो मालतीगैरा गाउँका करीब ९० जनालाई हेल्प नेपाल नेटवर्कका प्रतिनिधिका रुपमा आर्किटेक्ट इन्जिनियर विना पाण्डेले राहतका सामाग्री तथा लुगा कपडा उपलब्ध गराएकी छन् । पाण्डेले पनि पौडेल नेतृत्वको टोलीमा रही अस्थायी घर टहर निर्माण गर्दै आएकी छन् ।

भूकम्प प्रभावितहरुको लागि अस्थायी आवास निर्माण गर्नका लागि श्रमदान गर्न पाउँदा आफूहरुलाई आत्मसन्तोष मिलेको नेविसंघका नेता सुशील भट्टले बताए ।

त्यस्तै कसमस कलेजबाट इन्जिनियरिङको पढाइ पूरा गरेका सन्तोष कुँवर पनि आफनो सैद्धान्तिक तथा व्यवसायीक ज्ञान भूकम्प पीडितहरुको लागि उपयोग गर्न पाउँदा गौरवान्वित भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?