+
+

त्रिपालमा बढी मूल्य लिने दुई व्यापारी धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १२ गते १३:४३

१२ जेठ, विराटनगर । भन्सार छुटमा भित्र्याइएका त्रिपाल बढी मुनाफा राखी बेचेको अभियोगमा मुद्दा चलाइएका विराटनगरका दुई व्यापारी धरौटीमा रिहा भएका छन् ।

अम्बिका वस्त्रालयका प्रदीप अग्रवाल र प्रणामी इन्टरप्राइजेजका जीतेन्द्र सेठिया क्रमश १५ लाख र ११ लाखको धरौटीका कागजात पेस गरेपछि रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको कार्यकक्षमा सोमबार अपराह्न ४ बजेदेखि बेलुकी ९:३० बजेसम्म भएको सुनुवाइमा बैंक ग्यारेन्टीको  कागजात पेस गरेपछि उनीहरु रिहा भएका जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अन्तर्गत उनीहरुमाथि गत शुक्रबार मुद्दा दर्ता गरिएको थियो ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडितका लागि सरकारले त्रिपाललगायतका वस्तुमा भन्सार छुट गरेको थियो । भन्सार छुटमा भित्र्याइएका त्रिपालमा ती व्यापारीले २५ देखि ७८ प्रतिशतसम्म मुनाफा राखी बिक्री गरिरहेको बजार अनुगमनका क्रममा फेला परेपछि सो ऐनअन्तर्गत कारबाही थालिएको हो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?