+
+

उपराष्ट्रपति झा र परिवार दलका अध्यक्ष ढकालबीच भेटघाट

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १४ गते १०:०६

Ekraj-Dhakal

१४ जेठ, काठमाडौं । उपराष्ट्रपति परमानन्द झा र नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले देशको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।

उपराष्ट्रपति निवासमा भएको भेटघाटमा भुकम्प पछि उत्पन्न परिस्थिति, त्यसको व्यवस्थापन र विकसित राजनीतिक अवस्थाको बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष ढकालले भुकम्प पछि आफुले अति प्रभावित सबै जिल्लामा पुगेर विभिन्न संघ संस्था एवं पार्टीमार्फत राहत बाँडेको र जनतालाई सक्दो सहयोग, आशा, भरोशा र प्रेम बाँड्न सफल भएको बताएका थिए ।

भेटमा उपराष्ट्रपति झाले आफ्नो कार्यकक्ष र निवासमा पनि काम सञ्चालन गर्नै नसक्ने अवस्था रहेको बताँउदै नागरिकको पीडानै आफ्नो पीडा भएको र राष्ट्रिय बिपत्ति आइपरेको बेला राज्यका सम्पूर्ण निकाय, नागरिक समाज र राजनैतिक दलहरु एकताबद्ध भयर अघि बढ्नु पर्ने बताएको भेटमा सहभागी परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?