+
+

१६ बुँदे सहमतिको एनअारएनएद्वारा स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २८ गते १२:३१

nrna_logo_latestकाठमाडौं । संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरुवीच भएको समझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघ (एनअारएन)ले स्वागत गरेको छ ।

देश र जनताले महाभूकम्पको मार खेपिरहेकोबेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा आशाको संचार गराएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संबिधान पाउने र मुलुकमा राजनीतिक स्थिरता कायम भई पुनःनिर्माण र आर्थिक सम्बृद्धिको मार्गमा अघि बढ्ने एनअरएनको विश्वास छ ।

संबिधान निर्माण र स्थायित्वसँगै गैरआवासीय नेपाली संघ मुलुकको आर्थिक सम्बृद्धि र पुनः निर्माणमा साझेदार बनेर योगदान गर्न तप्पर रहेको घलेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?