+
+

काभ्रेको कात्तिके देउरालीलाई केन्द्र बनाएर ४.४ को पराकम्पन

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १५ गते ५:५९

Earthquake

१५ असार, काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहानै ४.४ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्पन महशुस गरिएको छ ।

बिहान ३ बजेर ३१ मीनेट जाँदा काभ्रेपलाञ्चोकको कात्तिके देउरालीलाई केन्द्र बनाएर ४.४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार राति ११ बजेर २७ मीनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ४.१ रेक्टरस्केल म्याग्नेच्यूटको र ११ बजेर ३४ मीनेटमा पनि सिन्धुपाल्चोकलाई नै केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म ४ रेक्टरस्केल म्याग्नेच्यूटका तीन सयभन्दा बढी पटक भूकम्पका पराकम्पन गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?