+
+

मधेसवादी दलले संविधानसभामै मस्यौदा च्याते

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १५ गते २०:५५

Madhesh-base-party-Protest-At-ca-nepal-1

१६ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन् ।

मंगलबार राति बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले एकीकृत मस्यौदा टेबल गरेका थिए । सिटौलाले मस्यौदा पेश गरे लगतै नाराबाजी गर्दै फोरम नेपाल, तमलोपा लगायतका दलका सभासदहरु रोष्टम घेराउ गर्न पुगे ।

Madhesh-base-party-Protest-At-ca-nepal-2

राप्रपा नेपालका सभासदहरुले पनि विरोध गर्दै नाराबाजी गरेका थिए । राप्रपा नेपालले नयाँ संविधानको एकीकृत मस्यौदा पेश गर्नु अघि नै जनमत संग्रहको प्रस्तावमा छलफल गर्न माग गरेको थियो ।

नाराबाजीका क्रममा फोरम नेपाल, तमलोपा लगागतका दलका सभासदहरुले मस्यौदाको प्रति च्यातेका छन् । उनीहरु नाराबाजी गर्दै बाहिरिएका छन् ।

Madhesh-base-party-Protest-At-ca-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?