२२ असार, रसुवा । भूकम्पपछि निर्माण कार्य स्थगन भएको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।
साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरीराज अधिकारीका अनुसार गत वैशाख १२ गते गएको भूकम्पपछि उपकरण ओहोरदोहोर गराउने प्रवेशमार्ग क्षतविक्षत भएका कारण स्थगन भएको आयोजनाको निर्माण सुरु भएको हो ।
सन् २०१७ भित्र सम्पन्न गरी ५७ मेगावाट विद्युत् उत्पादन गराउने लक्ष्य रहेको जलविद्युत् आयोजना लक्षित समयमै सम्पन्न गर्ने अठोटका साथ अगाडि बढेको बताइएको छ ।
भूकम्पपछि आयोजनाको मुहान तिलोचे जाने ११ किमी र स्याफ्रुको केमिनभिरमा समेत क्षतिग्रस्त सडक आयोजनाले मर्मत गरी कार्य अगाडि बढाएको प्रमुख अधिकारीले बताए । रासस