+
+

हिन्दु राज्यको माग गर्दै नवलपरासी, चितवन र रुपन्देही बन्द आव्हान

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १३ गते ८:५२

hindu-4
१३ साउन, नवलपरासी । हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले बुधबार बन्द आव्हान गरेका छन् ।

बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका छन् । बन्दका क्रममा पसलहरु खुल्न सकेको छैन ।

त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ । आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हो ।

बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ ।

त्यस्तै चितवनमा पनि सवारी साधन ठप्प रहेको छ । नारायणगढबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेको छैन ।
रामकुमार श्रेष्ठबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?