+
+

कारले ठक्कर दिँदा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १३ गते ९:५६

१३ साउन, झापा । झापाको दमकमा मंगलबार राति ९ बजे भएको सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको दमक–९ स्थित चियादोकान सडकखण्डमा भएको सडक दुर्घटनामा मोरङ, विराटनगरका अन्दाजी २७ वर्षीय विनोद शाहको मृत्युभएको हो ।

पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एक कारले ठक्कर दिँदा बाटो काट्दै गरेका पैदलयात्री शाहको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शाह दमकमा मिस्त्री काम गर्दै आएका थिए । दुर्घटनामा सख्त घाइते शाहको स्थानीय लाइफलाइन अस्पतालमा मृत्युभएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । दुर्घटना भएको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?