+
+

अमेरिकी पूर्व राष्ट्रपति कार्टरलाई क्यान्सर

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २८ गते ९:०१

jimmy-carter

२८ साउन, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले आफूलाई क्यान्सर भएको बताएका छन् । हालै लिवर सर्जरीपछि क्यान्सर भएको थाहा पाएको उनले बताएका छन् ।

क्यान्सर अब उनको अन्य अंगमा पनि फैलिएको छ । ९० वर्षका कार्टरको यसै महिना लिवरको सर्जरी गरिएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले कार्टरको स्वास्थ्यलाभको कामना गरेका छन् । ओबामाले कार्टरसँग कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

डेमोक्रेटिक पार्टीका नेता कार्टर १९७६ मा अमेरिकाको राष्ट्रपति बनेका थिए । १९८१ मा राष्ट्रपति पद छाडेपछि कार्टरले आफ्नो कार्टर सेन्टरबाट मानवीय सहायतको काम गर्दै आएका छन् ।

१९९४ मा उत्तर कोरियाको परामाणु सम्झौतामा उनले मध्यस्तताको भूमिका निभाएका थिए ।

अन्तराष्ट्रिय संघर्षहरुको शान्तिपूर्ण समाधानको प्रयासका लागि उनलाई २००२ मा नोेल शान्ति पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?