+
+

कुन बैंकको खराब कर्जा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते १२:००

८ भदाै, काठमाडाैं ।  संचालनमा रहेका ३० बाणिज्य बैंकमध्ये ग्राण्ड बैंकको खराब कर्जा सवैभन्दा बढी र सानिमा बैंकको सवैभन्दा कम देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशीत गरेको आर्थिक बर्ष २०७१/७२ को असारमसान्त सम्मको वित्तीय विवरण अनुसार खराब कर्जाका अाधारमा सानिमा बैंक उत्कृष्ट देखिएको हो ।

ग्राण्ड बैंक नेपालको खराब कर्जा ३६.२० प्रतिशत छ भने सानिमा बैंकको ०.१९ प्रतिशत छ । त्यस्तै एसबीआई बैंकको ०.२७ प्रतिशत, सेञ्चुरी बैंकको ०.२८ प्रतिशत स्ट्यान्डर्ड चार्टर बैकको ०.४२ र एनएमबी बैंक रहेको छ ।

नेपाल बैकको ३.९५ प्रतिशत, बैंक अफ काठमाडौको ३.४७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३.३८ प्रतिशत प्रभु बैंकको ७.३९ प्रतिशत खराब कर्जा छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुनुलार्इ राम्रो मानिँदैन ।

बैंक कूल र्कजामा खराब कर्जाको मात्रा (प्रतिशतमा)
सानिमा ०.१९
एसबिआइ ०.१९
सेञ्चुरी ०.२८
स्टान्डर्ड चार्टड ०.४२
मछापुछ्रे ०.६४
एभरेष्ट ०.६६
लुम्बीनी ०.७१
इन्भेष्टमेन्ट १.२५
लक्ष्मी १.३०
एनबी १.३२
ीिसटिजन १.५३
प्राइम १.७५
मेगा १.७५
सिद्धार्थ १.८०
न्विल १.८२
जनता १.८६
एनसीसी १.८९
एनआइसी एसिया १.९९
ग्लोबल आइएमइ २.१९
कुुमारी २.७६
सनराइज २.९०
सिभिल ३.२०
हिमालयन ३.२२
राष्ट्रिय वाणिज्य ३.३८
बीओके ३.४७
नेपाल ३.९५
कृषि विकास ४.५३
प्रभु ७.३९
ग्राण्ड ३६.२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?