+
+

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १२ गते ८:१३

१२ भदौ, कपिलबस्तु । कपिलबस्तुको खरेन्द्रपुरमा एक ट्रकमाथि आगजनी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत शिवराज नगरपालिका तीन खगेन्द्रपुरमा शुक्रबार राति ११ बजेको समयमा ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।
चामल र किराना पसलका सामान बोकेको लु १ ख ७५०२ ट्रकमा खरेन्द्रपुरको छाला फेक्ट्री नजिकै आगजनी भएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आगजनी गरेका थिए ।

आफ्नो शान्तिपूर्ण आन्दोलनलाई विफल बनाउन प्रहरीले स्कटिङ गरी सवारी चलाएको विरोधमा आगजनी गरिएको मोर्चाले जनाएको छ ।

हिन्दुहरुको पर्व रक्षाबन्धनको अवसरमा शनिबार बजार तथा पसल भने खोल्न दिने मोर्चाले जनाएको छ । यद्यपी अहिलेसम्म बजारपसल बन्द रहेका छन् ।
सनिउल्ला धोबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?