सनिउल्ला धोबी
३ मंसिर, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी बाँके कोहलपुरका शिवकुमार खत्री र पर्वतमा कार्यरत प्रहरी जवान चन्द्रबहादुर रोका रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाइतेहरुको कपिलवस्तु र रुपन्देहीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ४ ख. ५३१९ नम्बरको बसलाई सोही दिशा बाट आइरहेको ना.४ ख १०९४ नम्बरको बसले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4