Comments Add Comment

प्रेममा असफल भएपछि सलमान ल्याएका थिए कट्रिना र ऐश्वर्या जस्तै हिरोइन

बलिउडका नायक सलमान खान झोकी स्वभावका छन् । उनीसँग कसैले दुश्मनी लिनु भनेको उसको करिअरमा उतारचढाव नै आउनु हो । सलमानले थुप्रै युवतीसँग प्रेम सम्बन्ध पनि गाँसे । तर, उनको प्रेम कसैसँग पनि टिक्न सकेन । सलमान यतीसम्म मुढी स्वभावका थिए कि, उनले प्रेम असफल भएपछि बलिउडमा उस्तै अनुहार भएका अभिनेत्री भित्राए ।

जरिन - सलमान
जरिन – सलमान

जसमा एक हुन्, अभिनेत्री जरिन खान । कट्रिना कैफसँग प्रेम असफल भएपछि सलमानले जरिनलाई चलचित्र विरबाट बलिउडमा भित्राएका थिए । जरिनको अनुहार धेरै हदसम्म कट्रिनाको जस्तो छ । तर, ‘विर’ चलचित्र त असफल भयो नै, जरिनको करिअर पनि डुब्यो । उनी अहिले चलचित्र ‘हेट स्टोरी ३’बाट बलिउडमा चम्किने दाउमा छिन् । जरिन खानको करिअर नचम्केपछि सलमानले पनि उनको साथ छाडेका छन् ।

सलमान र नायिका ऐश्वर्या रायविचको प्रेम सम्बन्धले पनि खुबै चर्चा पायो । तर, ऐश्वर्यासँग सलमानको प्रेम टिक्न सकेन । ऐश्वर्या अलग भएपछि सलमानले चलचित्र ‘लक’ मार्फत स्नेहा उलाल नामकी युवतीलाई बलिउडमा ल्याएका थिए । तर, यो चलचित्र त पूर्ण रुपमा असफल भयो नै, स्नेहा पनि बलिउडबाट हराइन् ।

सलमान- स्नेहा
सलमान- स्नेहा

यी त बलिउडमा सलमान खानले आफ्ना पूर्व प्रेमिकालाई देखाउन, उस्तै देखिने नायिकालाई बलिउडमा भित्राएको कुरा थियो । तर, बलिउडमा यस्ता केही नायिका पनि छन् , जसको अनुहार अर्की नायिकासँग धेरै हदसम्म मिल्न जान्छ ।

नायिका सोनाक्षी सिन्हाको अनुहार अर्की नायिका रिना रोयसँग धेरै हदसम्म मिल्छ । बलिउडमा सोनाक्षीको तुलना रिनासँग गरिन्छ । नायिका अनुष्का शर्माको अनुहार पाकिस्तानी गायिका नाजिया हसनसँग मिल्ने बताइन्छ ।

लेबनानी गायिका तथा कलाकार हाइफा बेहबेको अनुहार बलिउडकी मोडल तथा आइटम गल राखी सावन्तसँग धेरै हदसम्म मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment