८, मंसिर, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पोष्टपेड ग्राहकहरुका लागि नयाँ सेवा ल्याएको छ ।
टेलिकमले कुनै कर्पोरेट समूहले ‘क्लोजर युजर ग्रुप’ बनाएमा ग्रुपभित्रका ग्राहकलाई भ्वाइस कलमा विभिन्न छुट दिने भएको छ । मंसिर १० गते अर्थात बिहीबारदेखि यो सेवा उपलब्ध हुने छ ।
नयाँ योजना
सि.नं. | ग्रुपमा ग्राहकको संख्या | ग्रुपको प्रकार | महसुलदर (प्रतिमिनेट) |
---|---|---|---|
१ | ५०-१०० | सानो | ५० पैसा |
२ | १०१-२०० | मध्यम | ४५ पैसा |
३ | २०१-५०० | ठूलो | ४० पैसा |
टेलिकमका अनुसार ५० देखि सय जना ग्राहकको समुह निर्माण बनाएमा त्यो समूहभित्रका ग्राहकले ५० पैसा, १०१ देखि २ सय जना ग्राहक भएमा ४५ पैसा र २०१ देखि ५ सय जना ग्राहक बनाएमा ४० पैसा प्रतिमिनेटमा कल गर्न सकिनेछ ।
नयाँ महसुल दरमा नियमअनुसार लाग्ने कर समावेश गरिएको छैन । यो सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली र अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका बाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ ।
जीएसएम पोष्टपेड सेवाका ग्राहकहरुले मासिक रुपमा तिर्नु पर्ने न्युनतम महसुल ३ सय रुपैयाँमा नै सुविधा पाउनेछन् । सस्क्रीप्सन निःशुलक गरिएको टेलिकमले जनाएको छ ।