+
+

वाणिज्य बैंकको सीइअो बन्न क-कसले दिए अावेदन ?

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २० गते १३:५६
Rbb२० माघ, काठमाडौं। पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा १६ जनाले आवेदन दिएका छन् ।
बैंकका निवर्तमान सीइओ, पूर्वबैंकर र बीमा कम्पनीमा काम गरिरहेका सीइअोरूले नै वाणिज्य बैैंकको सीइओका लागि आवेदन दिएकाे छनोट समितिले जनाएको छ । अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा बैंकका २ जना सञ्चालक सम्मिलित सीइओ छनौट समिति गठन गरेको थियो ।
तत्कालीन सीइअो कृष्णप्रसाद अाचार्यको वर्षे कार्यकाल सकिएपछि बैंकमा एक महिनादेखि  सीइअो पद रिक्त छ ।
नयाँ सीइअो बन्नका लागि बैंकका निवर्तमान सीइअो कृष्णप्रसाद शर्मा, बैंककै कामु सीइअो भेषराज पन्थी, माछापुच्छ्रे बैंकका पूर्वसञ्चालक गोपीकृष्ण न्यौपाने, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल बैंकका पूर्वमहाप्रबन्धक किरण श्रेष्ठ, नेको इन्स्योरेन्सका म्यानेजमेन्ट एडभाइजर अशोककुमार खड्का, कृषि विकास बैंकका नायव महाप्रबन्धक अनिल उपाध्यायलगायतले अावेदन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?