+
+

खाली सिलिन्डर घरमै थुप्रिँदा भर्न समस्या

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २६ गते ६:११

gas-industry२६ माघ काठमाडौं । भारतले असोज ७ देखि नाकाबन्दी गरेपछि खाना पकाउने एलपी ग्यास आयातमा भारी कटौत भयो । दैनिकीसँग प्रत्यक्ष जोडिएको ग्यास आपूर्ति कटौती हुँदा उपभोक्ताले पाएसम्म महँगोमा मात्रै किनेनन्, दाउरामा समेत पकाएर खाए ।आजको कारोबार दैनिकमा समाचार छ ।

कठिन परिस्थितिको फाइदा उठाउँदै ग्यास व्इापारीले खाली सिलिन्डर साट्न नपाउने अघोष्ति नियम लादे । उनीहरुले भरि सिलिन्डर चौंगुणासम्म महँगोमा बेचे ।

ग्यास नपाएर आजित उपभोक्ता एउटा सिलिन्डरको ५ देखि १० हजार रुपैयाँसम्म किन्न बाध्य भए । जीवन धान्न बगे्रल्ती सिलिन्डर किनेका उपभोक्ताका लागि तिनै सिलिन्डर किनेका उपभोक्ताका लागि तिनै सिलिन्डर यतिबेला निल्नु न ओकल्नु भएका छन् ।

यही अवस्थामा ग्यास उद्योगीलाई पनि छ । यही अवस्था ग्यास अद्योगलाई पनि छ । ग्यास आपूर्ति सहज भए रिफिलिङ गर्न उनीहरुलाई पर्याप्त सिलिन्डर पाउने समस्या पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?