२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राउटे मुखियालाई तीन लाख सहयोग प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राउटेका मुखियालाई प्रधानमन्त्रीको तर्फबाट उहाँका स्वकीय सचिव रमेश भट्टराईले रकम सहयोग प्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । राउटेका मुखिया वीरबहादुर शाही, सूर्यनारायण शाही र दिलबहादुर शाहीलाई प्रधानमन्त्री ओलीका तर्फबाट रकम सहयोग गरेका हुन् ।
यसअघि चाडबाड मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राउटेका मुखियालाई प्रधानमन्त्री ओलीले कपडासहित जुत्ता किनिदिएका थिए ।
नेपालका फिरन्ते जीवन बिताउने राउटे जातिको बसोबास दैलेख र अछामको जङ्गल क्षेत्रको आसपासमा रहेको छ । रासस