+
+

तराई–पहाड घुम्न नेताहरुलाई पूर्वराष्ट्रपतिको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १६ गते १६:४४

File Photo

१६ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलका नेता–कार्यकर्ताले हिमाल, पहाड र तराई–मधेसको भ्रमण गरेमा संविधान निर्माणपछिको जटिलता अन्त्य हुन सघाउ पुग्ने बताएका छन् ।

नेपाल अध्ययन केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा उनले बिपी कोइराला, मनमोहन अधिकारी आदि पहिलेका नेता हिमाल, पहाड र तराईका गाउँ गाउँमा घुमेर राष्ट्रिय एकता मजबुत पार्ने गरेको दृष्टान्त दिँदै अहिलेका नेताले त्यसो नगरेको गुनासो गरे । उनले भने, ‘पहिलेका नेता तराई–पहाड सबै पैदलै घुम्नुहुन्थ्यो, तर अहिले मधेसको नेता पहाड जाँदैन, पहाडको नेता मधेस जान सक्दैन ।’

राष्ट्रपति डा. यादवले धेरैतिरको असन्तुष्टि सम्बोधन गर्दै जसरी भए पनि संविधान निर्माण गर्नुपरेको बाध्यता बताउँदै आवश्यकताअनुसार यसलाई सुधार्दै लागू गर्नुपर्नेमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?