+
+

नवलपरासीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ३ गते ९:४५

३ चैत, नवलपरासी । नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

Bomb-dispoge
फाइल फोटो

मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको एक थान सिङ्गल र दुई थान डबल सकेट बम स्थानीयवासीले देखेपछि सञ्चारकर्मी र प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै नेपाली सेनाको टोली घटनास्थलमा नै पुगी बम डिस्पोज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?