+
+

ब्रेसेल्स एयरपोर्ट मंगलबारसम्म बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १३ गते १८:५३

brussels-airport

१३ चैत, काठमाडौं । बेल्जियमको राजधानी ब्रसेल्सको अन्तराष्ट्रिय विमानस्थल मंगलबारभन्दा अगाडि नखुल्ने भएको छ ।

अधिकारीहरुका अनुसार एयरपोर्ट टर्मिनलमा न्यायिक जाँचसँग जोडिएको काम पुरा भइसकेको छ । तर, यात्रुहरुसँग जोडिएका गतिविधि मंगलबार अघि सुरु हुने छैन ।

ब्रसेल्सको जेन्वेटम एयरपोर्टमा २२ मार्चमा आत्मघाती आक्रमण भएको थियो । त्यही दिन मेट्रो स्टेशनमा पनि आक्रमण भएको थियो । दुबै आक्रमणमा परी ३१ जनाको मृत्यु भएको छ ।

आक्रमणपछि पहिलो पटक एयरपोर्ट इन्जिनियर र प्रविधिका जानकारहरुको टीमलाई विमानस्थलमा जाने अनुमति दिइएको छ । यो टिमले टर्मिनलमा भएको क्षति र भवनको अवस्थाबारे अध्ययन गर्नेछ ।

साथै एयरपोर्टमा नयाँ सुरक्षा व्यवस्था गरिनेछ ।

आक्रमणका क्रममा एयरपोर्टको चेक-इन एरियामा ठूलो क्षति भएको छ । डीएनए टेष्टबाट आक्रमणकारीको पहिचान नजिम लाकरावी र ब्राहीम अल बकरावीका रुपमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?