२ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले नेदरल्याण्डसँग साउन अन्तिममा हुने भएको छ ।
त्यसअघि नेपालले ४ र ६ गते घरेलु मैदान कीर्तिपुरमा नामिबियासँग खेल्दैछ ।
साउन अन्तिम साता नेपाल र नेदरल्याण्डको खेल हुनेछ । क्रिकेट युरोप ४ का अनुसार साउन २९ र ३१ गते (अगष्ट १३ र १५) मा खेल हुन तय भएको छ ।
र, यो खेल नेदरल्याण्डको घरेलु मैदानमा हुनेछ ।
यद्यपि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भने औपचारिक रुपमा खेलको मिति घोषणा गरेको छैन ।
समाचारमा जनाए अनुसार नेपालसँग खेल्नु अघि नेदरल्याण्डले जुलाई अन्तिममा अफगानिस्तानसँग इन्टरकन्टिनेन्टल कप अन्तरगत चार दिवसीय खेल खेल्ने तालिका छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । हङकङ ९ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल अंकविहीन हुँदै पुछारमा छ ।
प्रतिक्रिया 4