+

यू१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

२०८१ कात्तिक  ९ गते ११:२० २०८१ कात्तिक ९ गते ११:२०
यू१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

९ कात्तिक, काठमाडौं । एएफसी यू१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ ।

समूहको पहिलो खेलमा नेपाल यू१७ एसियन कपको साविक विजेता जापानसँग ९-२ को फराकिलो अन्तरले पराजित भएको थियो । कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २-० ले पराजित गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत छनोट भइसकेको छ ।

एसियन कप छनोट यू१७ एसियन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय