+

एसिया प्यासिफिक ट्रेल रनिङ : ४० किमी रेसमा नेपालकी प्रिया दोस्रो भइन्

२०८१ कात्तिक  ९ गते १६:४७ २०८१ कात्तिक ९ गते १६:४७
एसिया प्यासिफिक ट्रेल रनिङ : ४० किमी रेसमा नेपालकी प्रिया दोस्रो भइन्

९ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस (४० किमी) महिलातर्फ नेपाली अल्ट्रा धावक प्रिया राई दोस्रो भएकी छन् ।

शुक्रबार भएको रेस प्रियाले ३ घण्टा ४१ मिनेट २२ सेकेण्डमा पूरा गर्दै दोस्रो भएकी हुन् । प्रियाले केही समयअघि मलेसियामा भएको एसिया ट्रेल मास्टरमा उपाधि जितेकी थिइन् ।

पहिलो र तेस्रो स्थानमा जापानी धावक रहे । जापानकी ताकाको ताकामुरा ४ घण्टा ३६ मिनेट २३ सेकेण्डमा दौड पूरा गरी विजेता बनिन् । यस्तै जापानकै होनोका अकियामा ४ घण्टा ५३ मिनेट ०७ सेकेण्डमा दौड पूरा गरी तेस्रो भइन् ।

पहिलो पटक आयोजना भइरहेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालबाट प्रियासहित ६ धावक सहभागि छन् । ४० किमीमा पुरुषतर्फ तिलक सुनारले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै च्याम्पियनसिपमा नेपालबाट रशिला तामाङ, मनकुमार मगर, गोपाल तामाङ लामा र तीर्थ तामाङले ८० किमि दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

एसिया प्यासिफिक ट्रेल रनिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय