+

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

२०८१ कात्तिक  ४ गते ९:४८ २०८१ कात्तिक ४ गते ९:४८
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

४ कात्तिक, काठमाडौं । सोमपाल कामी नायक बनेपछि नेपालले आइतबार बिहान भएको दोस्रो टी२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ ।

डलासमा भएको खेलको अन्तिम ओभर र सुपर ओभरमा तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितपछि नेपालले तीन खेलको सिरिजमा २-० को अग्रतासहित एक खेलअगावै सिरिज आफ्नो पोल्टामा पारेको छ ।

निर्धारित २० ओभरमा नेपाल र र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए ।

त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा ६ विकेटको क्षतीमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बने । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए ।

टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय