+
+

पैसा बटुल्ने अनौठो प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते ५:४०

collect_money

प्रतियोगिता होस् त यस्तो पो । आखिर पैसा बटुल्ने प्रतियोगिता भएपछि पुरस्कार नै किन पो राख्नुपर्यो ?

तपाइँ हामीले अहिलेसम्म दुनियामा अनेक थरी प्रतियोगिता भएको देखे सुनेकै थियौँ । तर के भएभरका पैसाका नोट सकेजति बटुल्ने प्रतियोगिता भएको सुन्नुभएको छ ?

सायद छैन होला । तर छिमेकी चीनको झेजियांग प्रान्तमा हालै यस्तो अनौठो प्रतियोगिता भएको छ । यो प्रतियोगिताका लागि ५० लाख युआन अर्थात् झण्डै पाँच करोड रुपैयाँ बराबरका नोट एउटा कोठामा राखियो ।

अनि प्रतियोगीहरुलाई एक मिनेट भित्रमा बढि भन्दा बढि नोट बटुल्न लगाइयो । एक मिनेटमा जसले सबैभन्दा धेरै रकम जम्मा गर्नसक्यो उसैलाई विजेता घोषणा गरियो ।

यो प्रतियोगिता हुनुभन्दा पहिले चिनिया सोसल साइट विच्याटमा यस विषयमा जानकारी दिइएको थियो । प्रतियोगितामा धेरै चिनियासँगै १० जना विदेशी नागरिकहरुले पनि भाग लिएको बताइएको छ ।

प्रतियोगितामा एक मिनेटमा १८ हजार ३ सय युआन रकमका नोट बटुलेर कोझोउ सहरकी एक महिला विजेता भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?