+
+

रामेछापका १० उत्कृष्ट उद्यमी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते ११:३१

ramexap
२० वैशाख, काठमाडौं । रामेछापका १० उत्कृष्ट उद्यमीहरु सम्मानित भएका छन् । दायित्व र शान्ति र विकासका लागि युवा साझेदारी नेपालले जिल्लामा उत्कृष्ट काम गर्ने उद्यमीहरु छनौट गरी पुरस्कत गरेको हो ।

जिल्लाका ३१९ उद्यामी मध्येबाट एस्एमएस र फेसबुक भोटिङका आधारमा १० जनालाई उत्कृष्ट ठहर गरिएको हो । पहिलो चरणमा ४०, दोस्रो चरण्मा २० जना छानेर अन्तिम चरणका लागि प्रतिस्पर्धा गराइएको थियो ।

अन्तिम चरण्मा उद्यमीको कामतथा प्रस्तुतीकरणको मुल्याङ्कन गरेर २० मध्येबाट उत्कृष्ट १० उद्यमीको छनौट गरिएको थियो
भिमेश्वर फलफुलतथा नर्सरी उद्योगका श्यामकुमार थापा मगर, शैलुङ एग्रिकल्चरका रांगदान तामाङ, मोर्डन स्टिलका सन्तोष श्रेष्ठ, प्रधान दिब्य आयुर्वेदिककी वीणा प्रधान र अदिक्षा अलैँची उद्योगका दिनेशकुमार कार्कीले उत्कृष्ट उद्योगीको सम्मान पाए ।

फलफूल बगैचातथा नर्सरीकी हरिमाया लामा, मन्थलीकी सवित्रा घिमिरे दाहाल, चिरन्जिबी दूध संकलन तथा बिक्री केन्द्रका भानुभक्त श्रेष्ठ, बिहानी तरकारी फार्म युवराज श्रेष्ठ, हिसुम जडिबुटीका हिरालाल श्रेष्ठ पनि उत्कृष्ट १० मा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?