+
+

मलेसियाले चार क्षेत्रमा खुला गर्‍यो बिदेशी कामदार

नेपाली पनि लाभान्वित हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १७:४५

Malaysiaक्वालालम्पुर । नेपालीको प्रमुख रोजगार गन्तब्य मुलुक मलेसियाले चारवटा मुख्य क्षेत्रमा बिदेशी कामदारका लागि खुला गरेको छ ।

कामदार अभावका कारण उद्योग संचालनमा अप्ठेरो परेपछि मलेसियाको मन्त्रिपरिषद्ले उत्पादन, निर्माण, बृक्षारोपण र फर्निचर क्षेत्रमा बिदेशी कामदार ल्याउन खुला गरेको हो ।

‘उद्योगहरुको अवस्थालाई मध्यनजर गर्दे निलम्बित यी क्षेत्रमा हामीले विदेशी कामदार राख्न अनुमति दिने निर्णय गरेका हौँ ।’ यातायात मन्त्री दातुक सिरि लिओ तोङलाईले भने-‘हामी अन्य क्षेत्रको समेत अध्ययन गरिरहेका छौं, सजिलो, पारदर्शी तथा जवाफदेही प्रमाणलीको विकास गरेर ती क्षेत्र पनि खुला गर्ने छौं ।’

उनले यस्ता क्षेत्रमा कामदार महत्वपूर्ण हुने भन्दै रोजगारदाताले कामदार लिन समस्या भोग्दा समस्या आउने र  यसले देशको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

मलेसियाले यहाँ रहेका अबैध बिदेशी कामदारलाई बैधानिक बनाउँदै पुनः रोजगारी दिने अभियान थालेपछि नयाँ बिदेशी कामदार ल्याउन गत फेब्रअरी महिनामा रोक लगाएको थियो । तर, अबैध बिदेशी कामदार अपेक्षितरुपमा बैधानिक नभएपछि मलेसियाको उत्पानमूलक क्षेत्रमा कामदारको अभाव चर्किएको थियो ।

सरकारी तथ्याङ्कअनुसार यहाँ रहेका करिव १४ लाख अबैध बिदेशी कामदारमध्ये अहिलेसम्म जम्मा ५५ हजारलाई मात्र पुनःबैधानिक बनाएर रोजगारी दिइएको छ ।

मलेसियाको ‘द स्टार’ दैनिकले गरेको एक सर्वेक्षण अनुसार ८४ प्रतिशत कम्पनीहरुले कामदार अभाव बेहोरिरहेका छन् र उनीहरुलाई मागको आधा उत्पादन गर्न समेत समस्या परिरहेको छ ।

सर्भे अनुसार १४६ कम्पनीमा १३ हजार २ सय ७० कामदार आवश्यक देखिएको छ ।

नेपालीलाई लाभ

अबैध बिदेशी कामदारको पुनःनियुक्ति अभियानसँगै बिदेशी कामदार ल्याउन रोक लागेपछि यसको प्रत्यक्ष मार नेपाली कामदारमाथि पर्दै आएको थियो ।

फ्रि भिषा, फि टिकटका कारण नेपालीको मागमा गिरावट आएको थियो । त्यसमाथि मलेसिया सरकारको रोकले मलेसिया जाने नेपाली कामदारको संख्या न्यून भएको थियो ।

कामदारको बढि माग हुने मुख्य चार क्षेत्र खुलासँगै पुनः मलेसियामा नेपाली कामदारको माग बढ्ने रोजगार ब्यबसायीहरुको बिश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?