+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जापानलाई धन्यवाद दिदैं ‘नेपाल जाऔं’ सन्देश प्रवाह गर्ने

रमेश श्रीष मगर रमेश श्रीष मगर
२०७३ जेठ ४ गते १२:००

nrn_japan_prgmटोकियो । आगामी मे २९ तारिख आइतबार जापानमा ‘आरिगातोउ निहोन’ अर्थात ‘धन्यवाद जापान’को आयोजना हुने भएको छ ।

जापानस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएन जापानको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा गत बर्षको बैशाख १२ गते नेपालको गोरखा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण उत्पन्न विपत्तिमा सहयोग गरेवापत्त जापान सरकार तथा नागरिकहरुलाई जापानबासी नेपालीहरुले सामूहिक रुपमा धन्यवाद ज्ञापन गर्न लागिएको हो ।

सोमबार नेपाली राजदूतावासमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको मुल उद्देश्यको बारेमा प्रष्ट पार्दै जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले दुःखको घडीमा जापान सरकार र यहाँका नागरिकले गरेको आर्थिक तथा राहत सहयोगको उच्च मूल्याङ्कन गर्दै उनीहरुप्रति धन्यवाद ज्ञापन गर्नु पर्ने कर्तव्यबाट पछि हट्न नहुने बताए ।

‘नेपाल जापानबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन यो कार्यक्रम अर्को एउटा शुत्र हो, जसबाट जापानी नागरिकहरुले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा थप परिवर्तन आउनेछ ।’ कावा राजदूत राजभण्डारीले भने –‘त्यसैले जापानबासी नेपालीहरुलाई नेपाली मौलिक भेष झल्किने पहिरनसहित कार्यक्रममा उपस्थित भई आफ्नो कर्तव्यबाट वञ्चित नहुन आग्रह गर्दछु ।’

राजधानी टोकियोलगायत जापानभरि नै आयोजना हुने उक्त कार्यक्रममा जापानलाई धन्यवाद व्यक्त गर्दै ‘नेपाल जाऔं’ भन्ने सन्देशलाई पनि प्रवाह गर्ने कावा राजदूत राजभण्डारीले बताए । तर उक्त कार्यक्रम अवधिभर कसैले पनि आर्थिक तथा अन्य सहयोग संकलन नगर्न नगराउन पनि उनले आग्रह गरे ।

त्यस्तै आयोजक संस्था एनआरएन जापानका अध्यक्ष सुदन थापाले पनि एनआरएन आँफु मात्र एक्लो आयोजक नभई यस कार्यक्रमलाई सफल पार्न जापानबासी सम्पूर्ण नेपालीहरु आयोजकको रुपमा रहेको बताए । एभेरेष्टको देश भनेर धेरैले चिनेका छन् अब बिस्तारै नेपाललाई मनास्लु हिमालको रुपमा पनि चिन्न थालेको भन्दै खुशी देखिएका थापाले हामी नेपाली आत्मविश्वास र अनुशासनमा पनि अगाडी छौं भनेर चिनाउनलाई जापानमा रहेका झण्डै ६० हजार नेपालीहरुलाई कार्यक्रममा उपस्थितीका लागि हार्दिक आह्वान गरेका छन् ।

यसअघि गत अप्रिल २५ तारिख गर्ने भनि प्रचारप्रसार भएतापनि जापानको कुमामोतोमा गएको शक्तिशाली भूकम्पका कारण स्थगित गरिएको थियो । जापानभरि लगभग ५० स्थानमा एकैसाथ आयोजना हुने उक्त कार्यक्रमलाई व्यवस्थापन गर्न एनआरएन जापानको संयोजनमा समिति गठन गरेर कार्यक्रमलाई भव्य बनाउने कसरतमा आयोजक संस्थाहरु लागि परेको थापाले बताए ।

टोकियोे (सिन्जुकु, इकिबुकुरो, सिबुया, उएनोलगायत), ओसाका, फुकुओका, नागोया, ओकिनावा, होक्काईदो, ईबाराकी, निगाता लगायत अन्य थुप्रै क्षेत्रमा हुने कार्यक्रममा ‘धन्यवाद निहोन अर्थात धन्यवाद जापान’, र ‘नेपाल जाऔं’ भन्ने सन्देशसहित नेपाल–जापान मैत्री सम्बन्धको लोगो अंकित कार्ड वितरण गरिने पत्रकार सम्मेलनमा बताईएको छ । कार्यक्रम दिउँसो तीन बजेदखि चार बजेसम्म हुनेछ ।

सम्मेलनमा कावा राजदूत राजभण्डारी, अध्यक्ष थापासँगै दूतावासका टेकनारायण गिरी, रेवन्त केसी, एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारी, सचिव बुद्धि घिमिरे, सदस्य प्रहलाद महत, लेलिन भट्टचन लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?