+
+

मनाङमा सिद्धार्थ ईन्स्योरेन्सको कृषि बीमा शाखा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते १९:२६

insurance-ll
१६ जेठ, काठमाडौं । मनाङको चामेमा सिद्धार्थ इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा शाखा कार्यालयको उद्घाटन भएको छ । बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले एक समारोहकाबीच शाखाको उद्घाटन गरे ।

केसीले मनाङमा भौगोलिक कठिनाईको बाबजुत पनि बीमा सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै कृषि तथा पशुपंक्षी बीमाबाट लाभ उठाउनसबैलाई आग्रह गरे ।

कामु महाप्रबन्धक वीरेन्द्र वैदवारको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख राममिलन विक, जिल्ला पशु विकास कार्यालयका प्रमुख छविलाल अधिकारी तथा उद्योग वाणिज्य संघ अध्यक्ष राजन श्रेष्ठले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?