+
+

नेपालीकाे उद्धार र सहयोगका लागि युएर्इमा अक्षयकाेष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते १२:५४

Nepali-Samaj-UAE

युएई । युनाइटेड अरब इमिरेट्समा रहेको “नेपाली समाज युएई” ले नेपालीहरुको उद्दार र सहयोगको लागि अक्षय कोषको स्थापना गर्ने भएको छ । नेपाली समाज युएईले ३ जुन मा युएईमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहर सँग एक अन्तरकृया गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।

सन १९९० मा गठित नेपाली समाज युएईको २६ औ बर्षगाँठको तयारी स्वरुप उक्त अन्तरकृया गरिएको थियो । अन्तरकृयामा युएईमा रहेका गैरआबासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ, नेपाली बिजनेस काउन्सिल, लुम्बिनी वेलफेयर सोसाइटी, गोर्खा सेवा समाज, नेपाली जनप्रगतिशिल मोर्चा, धादिङ समाज, कम्प्युटर शिक्षा अभियान लगायतका ४० भन्दा बढी संघसंस्थाहरुले नेपाली समाजको उक्त कार्यको प्रसंशा गर्दै ऐक्यबद्दता जाहेर गरेका थिए । उनीहरुले कोष स्थापना, कानुनी जटिलता र सञ्चालनका बारेमा बिबिध जिज्ञासाहरु राखेका थिए।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली समाज युएईको उक्त कार्यलाई सहयोग गर्ने बचन दिए पनि नेपालका ठूला राजनीतिक दलका भातृ संगठनहरु नेपाली प्रबासी मंच, जनसंपर्क समिती, नेपाली प्रगतशिल मंच लगायत जनजातीका प्रतिनिधिहरु भने अनुपास्थित रहेका थिए । लुम्बिनी वेलफेयर महिला बिभागकी उपाध्यक्ष कमला भण्डारी सहित उपस्थित अधिकांश बक्ताहरुले कार्यक्रममा दुताबासका प्रतिनिधिको अनुपस्थितीलाई लिएर असन्तुस्टी जनाएका थिए ।

वक्ताहरुले नेपाली दुताबास अबुधाबीले युएईमा रहेका बिभिन्न संघसंस्थाका अध्यक्ष र महासचिबको फोन नम्बर र ईमेल ठेगाना मागेको बारे जिज्ञासा राखेका थिए । अर्घाखाँची सहयोग समाजका अध्यक्ष राजु खड्काले भने अधिकांश समय नेपाली समाज युएईको आलोचना गर्न मै खर्चेका थिए । उनले भने, ” नेपाली समाज युएई जिरोमा छ । म देखेको अगाडि बोल्छु, पछाडि कुरा काट्न जान्दिन ।”

कार्यक्रममा बोल्दै एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले नेपाली समाजको उक्त कदम प्रती एनआरएन युएईले साथ दिने प्रतिबद्दता जनाएका थिए । उपस्थित केही बक्ताहरुले नेपालीहरुको साझा समस्याहरुमा एनआरएन र नेपाली समाज मिलेर अगाडि बढ्न सुझाएका थिए।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले नेपालीहरुको लागि अक्षय कोष गठन गरेरै छाड्ने आफ्नो र आफ्नो संस्थाको प्रतिबद्दता ब्यक्त गरे । कार्यक्रमको सञ्चालन नेपाली समाजका महासचिब मणि भुर्तेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?