+
+

बहिर्गमित जनमुक्ति सेनामा विष्ट

प्रथम राष्ट्रिय सम्मेलनबाट १५१ सदस्यीय कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २७ गते १५:५२

Lenin-bista२७ जेठ, काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालको संघर्ष समितिको पहिलो राष्ट्रिय सम्मेलनले लेनिन विष्टको संयोजकत्वमा १५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । यही जेठ २० र २१ सम्पन्न सम्मेलनबाट १७ जना पदाधिकारी र ३१ सदस्यीय सचिवालय चयन गरिएको हो ।

राष्ट्रिय सम्मेलनका निर्णयबारे जानकारी दिन बिहीबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचित अध्यक्ष विष्टले बहिर्गमित जनमुक्ति सेनाहरुको स्वाभिमान, पहिचान, अधिकार र जनजीवीकाको सवाल स्थापित गर्न संघर्ष समितिको अभियान जारी राख्ने बताए ।

स्थानीय, जिल्ला, प्रदेश वा डिभिजनस्तरीय राष्ट्रियस्तरका संघर्षका कार्यक्रमहरु व्यवस्थित गर्न ७-७ जना इन्चार्ज र संयोजक चयन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार बहिर्गमित जनमुक्ति सेनाको व्यापकतालाई समेटेर सम्पर्क, परिचालन तथा आपसी सहयोग र एक्यवद्धताको लागि विभिन्न ९ वटा विभाग समेत गठन गरिएको छ ।

जसअन्तर्गत वार्ता, छलफल तथा संघ संस्था समन्वय विभाग, अन्तराष्ट्रिय विभाग, संगठन विभाग, उत्पादन सहकारी विभाग, प्रशिक्षण तथा क्षमता अभिवृद्धि विभाग, अभियान सञ्चालन तथा आर्थिक विभाग, प्रचार प्रसार तथा संचार विभाग, सुरक्षा तथा स्वयम सेवक विभाग र महिला विभाग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?