+
+

सहचालकको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ जेठ २८ गते १६:२६

Jilla-Adalat-Chitwan२८ जेठ, चितवन । चितवन जिल्ला अदालतले एक सहचालकको हत्यामा संलग्न तीन जनालाई जन्म कैदको सजायँ दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेले भरतपुर नगरपालिका-३ चितवनका १७ वर्षीय सन्दिश रानामगर, नवलपरासी दुम्कीबासका २० वर्षीय मिलन पुनमगर र १७ वर्षीय निमे पुनमगरलाई जन्मकैद सजायँ दिने फैसला गरेका हुन् ।

उनीहरु तीनैजनाले बारा गढीमाइ-१७ का १८ वर्षीय मनोज खड्कालाई गत मंसिर ९ गते हत्या गरेको अदालतको ठहर छ । ना ५ ख १४१० नम्बरको बसभित्र सुतिरहेका खड्कालाई ती युवाले फलामको रड प्रहार गरी घाइते बनाएका थिए । घाइते खड्काको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो ।

छोरोको मृत्युपछि बुबा काशिराम खड्काले जिल्ला प्रहरी कार्यालय चितवनमा गत मंसिर १५ गते उजुरी गरेका थिए । चितवन प्रहरीले आरोपी तीनै जनालाई गत पुस २० गते पक्राउ गरेको थियो ।

उनीहरु तिनै जनाले व्यक्तिगत रिसिइवीको आधारमा खड्काको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?