+
+

ताप्लेजुङमा ६ महिनामा चार बलात्कारजन्य घटना

रविन भट्टराई रविन भट्टराई
२०७३ जेठ २९ गते १६:५३

Rape-Victim
२९ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा ६ महिनाको अवधिमा ४ वटा वलात्कारजन्य घटना घटेको छ । इन्सेक ताप्लेजुङले गत पौष देखि हालसम्म ६ महिनाको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा यस प्रकारको घटना भएको जनाएको हो ।

शनिबार आयोजित इन्सेकको अर्धवाषिर्क समीक्षा कार्यक्रममा ताप्लेजुङ नगरपालिका, ढुंगेसाँघु, नाङ्खोल्याङ, र थिङ्लावु गाविसमा विभिन्न समयमा यस्ता घटना भएको जनाइएको छ । यस्तै यि घटनामा संलग्नमध्ये तीन जना पुर्पक्षका लागि थुनामा रहेका छन भने एक जना तारेखमा छुटेका छन् ।

यसै अवधिमा ४ वटा घरेलु हिंसासँग सम्बन्धित घटना घटेको समेत जनाइएको छ । यस प्रकारका घटना मा संलग्न भएकाहरुले घटनाको समयमा मादकपदार्थ सेवन गरेको पाइएको इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले बताए ।

समीक्षा कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले ग्रामिण क्षेत्रमा कानुनी कुराहरु थाहा नभएकाले कतिपय घटनाहरु ओझेलमा पर्ने गरेको र ति घटनामा सम्बन्धित व्यक्तिहरु अन्यायमा पर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?