+
+

मकैबारीभित्रै जडीबुटी, गाउँले तीन छक्क

उद्यमी विणा प्रधानको खेतीः हिङदेखि लेमन ग्राससम्म

सञ्जु पौडेल सञ्जु पौडेल
२०७३ जेठ ३१ गते १२:१९

Bina-Pradhan-Ramechhap

जोश, जाँगर अनि दृढ संकल्प लिएर सामान्य कृषि पेशालाई परिवर्तन गरेर विणा प्रधानले नयाँ तरिकाले खेती गर्ने सोच राखेर ५ वर्ष अगाडि आफ्नै जमीनमा जडीबुटी खेती सुरु गरेकी हुन् ।

समाजमा उद्यमशीलताको क्षेत्रमा उच्च प्रतिष्ठा कमाएकी मझुवा १, धुसाल, रामेछाप स्थायी बसोबास गर्ने ४५ वषर्ीया विणालाई आजभन्दा ५ वर्ष अगाडि घरायसी समस्याका कारण श्रीमानले शिक्षण पेशा छाडेपछि घर खर्च चलाउन तथा छोराछोरीलाई कसरी पढाउने भन्ने समस्याले घेरेको थियो । यसैक्रममा उनले कुनै पत्रिकामा जडीबुटी खेती गरेर राम्रो आम्दानी गरेको सम्बन्धी समचार पढेपछि आफूलाई पनि त्यसैको खेती गर्ने रहर जाग्यो । तर परिवार चलाउन केही न केही त गर्नैपर्ने थियो । अब जे जस्तो काम गरे पनि अन्य गाउँलेहरुको भन्दा फरक तरिकाले नै कुनै पेशा अपनाउनुपर्दछ भन्ने सोचेर प्रधान दम्पतीले व्यवसायिक रुपमा जडीबुटी खेती गरेका थिए ।

त्यस क्षेत्रका लागि जडीबुटी खेती एकदम नयाँ व्यवसाय भएकाले गाउँमा हौसला दिने भन्दा पनि हतोत्साहित गर्ने धेरैजना थिए । एकातिर घर परिवारको जिम्मेवारी त अर्कोतिर मकै खाने खेतबारीमा जडीबुटी लगायो भनेर गाउँलेहरु, आफन्तहरु तथा छरछिमेकीहरुको टोकेसो सुन्नुपर्दथ्यो । कसैले बाहिर-बाहिर कुरा काट्दै हिँड्थे भने कसैले त आफ्नै अगाडि पनि कुरा सुनाउँदा विणाको मन अमिलो हुन्थ्यो । तर, आँट गरी त हालियो, जसरी पनि त्यसलाई अगाडि बढाउनैपर्‍यो भन्ने सोचेर विणा र उनका श्रीमानले जडीबुडी खेतीमा कडा मेहनत गर्न थाले ।

bina-Pradhan-Lemon Grass

विणाले हिंग, जिम्बू, स्टेभिया, रोजमेरी, ठूलो औषधि, सेतो मुसुली, घ्युकुमारी, कुरिलो, लेमन ग्रास, मेन्था तथा क्यममोमाइल आदि जडीबुटी खेतीको व्यवसाय गरेकी छिन् । उनकोे मेहनतले सो जडीबुटी खेतीमा एक किसिमको बहार नै ल्याइदियो । विणा र उनका श्रीमानले जडीबुटी खेतीबाट राम्रो प्रगति गर्न शुरु गरे । उनीहरुको व्यवसायलाई लिएर गाउँमा विरोध तथा टीकाटिप्पणी गर्नेहरु नै उनीहरुको प्रंशसा गर्न थालेका छन् ।

शुरुमा १५ रोपनी जति जमिनमा परीक्षणका रुपमा जडीबुटी लगाएको भए पनि पछि विस्तारै राम्रो आयआर्जन गर्न थालेपछि खेती गर्ने जमीनको आकार वर्षेनी बढाउँदै विणाले अहिले करिब ५० रोपनी जमीनमा जडीबुटीको खेती गर्दै आइरहेकी छिन् ।

त्यही खेतीको माध्यमबाट आफ्ना छोराछोरीलाई राम्रो र गुणस्तरीय शिक्षासमेत दिन पाएकोमा उनी खुशी छिन् । उनले आफ्नो जडीबुटी व्यवसायलाई प्रधान जडीबुटी (प्रा) लि. को नामले दर्ता पनि गरेकी छिन् ।

उनले उत्पादन गरेका जडीबुटी काठमाण्डौं लगायतका विभिन्न हर्बल कम्पनीहरुमा पुग्ने गरेको छ । घरायसी कामको साथमा व्यवसायलाई पनि सँगसँगै अगाडि लगेकी विणा आफ्नो व्यवसायप्रति एकदम खुशी र सन्तुष्ट पनि छिन् । विणाले आफ्नो व्यवसायमार्फत अन्य ४ जना स्थानीय युवालाई समेत रोजगार दिएकी छिन् । साथै उनले सो व्यवसायवाट वाषिर्क सरदर रु २५ लाखसम्म आम्दानी गर्दै आइरहेकी छिन् ।

केही महिनाअघि मात्रै एक संस्थाले रामेछापमा आयोजना गरेको इन्टरप्राइज च्यालेञ्ज प्रतियोगितामा ३१९ जना उद्यमीमध्ये छानिएर उत्कृष्ट १० उद्यमी मध्येमा पर्न विणा सफल भइन् । उनले प्रोत्साहन स्वरुप २५ हजारसहित प्रमाणपत्र समेत प्राप्त गरिन् ।

समाजमा उद्यमशीलताको क्षेत्रमा स्थानीय समुदायका लागि प्रेरणाको श्रोत बनेकी विणाले संघर्षबाट हामीले पनि केही सिक्ने पो हो कि ? आखिरमा गरे के नहुने रहेछ र ?

(दायित्वको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?