युरो कप २०१६ मा इटलीको पहिलो गोल प्रशिक्षक एन्टोनियो कोन्टेका लागि भने दुखदायी सावित भएको छ ।
बेल्जियमविरुद्धको खेलको ३२ औं मिनेटमा जिचेरिनीले गोल गरेका थिए । लगतै प्रशिक्षक कोन्टेले बेन्चमा रहेका खेलाडी र सहयोगीहरुसँग खुसी साटे ।
त्यही क्रममा उनलाई चोट लागेको छ । उनको नाकमा चोट लागेको छ । र, रगत समेत आएको थियो ।