+
+

सामाजिक संजालदेखि सुनिल थापालाई कति डर ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते १०:४०

sunil thapa
बलिउडमा समेत आफ्नो अभिनयले चर्चा पाइसकेका छन्, सुनिल थापाले । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार थापाले चाडै नै अर्को बलिउड चलचित्र गर्दैछन् जसलाई फ्यान्टम कम्पनीले निर्माण गर्दैछ ।

उनै सुनिल थापालाई सामाजिक संजाल भनेपछि खुबै डर लाग्दो रहेछ । आफू अध्यक्ष रहेको ‘एभरेष्ट फिल्म एकेडेमी’को उद्घाटन कार्यक्रममा बोल्दा सुनिलले सजगता अपनाए । यसको पछाडि मुख्य कारण थियो, सामाजिक संजालप्रतिको डर ।

बोल्न सुरु गर्दा नै सुनिलले केही कुरा चिप्लियो भने सामाजिक संजालमा आइहाल्ने भन्दै आफू सजग भएर कुरा गर्ने बताएका थिए । उनले आफ्नो मन्तव्य विर्सजन गर्दा पनि आफू कतै नचिप्लिएकोले सामाजिक संजालमा केहि नआउने भन्दै आनन्द महशुश गरे ।

नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’को नामले परिचित सुनिल आखिर किन यति धेरै सामाजिक संजालदेखि डराएका हुन् ? कतै करिश्मा मानन्धर बोल्दा चिप्लिएपछि भएको आलोचनाले सुनिल सजग भएका त होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?