+
+

न्यायाधीश सिफारिस प्रकरणमा सर्वोच्चले माग्यो मिसिल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १९:५५

९ असार, काठमाडौं । सर्वोच्च अदालतले सिफारिस गरिएका न्यायाधीशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न सम्पूर्णमिसिल झिकाउन आदेश दिएको छ ।

supreme-court-of-Nepal-Final1न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले सम्पूर्ण मिसिल झिकाउने आदेश दिएको हो । आदेशमा भनिएको छ, “सर्वोच्चले न्यायाधीश सिफारिस गरेको ११ सम्बन्धमा उक्त सिफारिससम्बन्धी कागजात र निर्णयको रजिष्ट्रर न्यायपरिषद्बाट झिकाउनु ।”

त्यस्तै, न्याय परिषद्बाट संसदीय सुनुवाइका लागि २०७२ फागुन १९ मा संसद् सचिवालयमा लेखेको पत्रसहितको कागजातको प्रमाणित प्रतिलिपि झिकाउनु भनिएको छ ।

आदेशमा वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई न्याय परिषद् सदस्यमा नियुक्तिको सिफारिस गरिएको २०७२ असोज १४ गते को सिफारिस संसदीय सुनुवाइको लागि पठाइएकामा प्रधानमन्त्रीबाट २०७२ कात्तिक १७ मा उक्त नियुक्ति सिफारिस रद्द गरी संसदीय सुनुवाइमा पठाइएको पत्रको निर्णयसमेत झिकाउन आदेश गरेको छ ।

यसैबीच, सिफारिस भएका ११ न्यायाधीशविरुद्ध सुनुवाइ हुनुपर्नेलगायत माग राख्दै बुधबार अनसन सुरु गरेका अधिवक्ता पूर्णचन्द्र पौडेलले अनसन तोडेका छन् । सर्वोच्च अदालतले आफ्नो माग अनुरुपसुनुवाइ गरेको भन्दै उनले अनसन तोडेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?