+
+

राप्रपा सरकारका हैरान साझेदारः राणा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते १६:२७

१५ असार, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपति शमशेर राणाले वर्तमान सरकारको कामदेखि राप्रपा खुसी नभएको बताएका छन् ।

Pashupati-Shamserराप्रपा भक्तपुरले राष्ट्रिय धान दिवसका अवसरमा नगरकोट नगरपालिकाको सुडालमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा भाग लिँदै राणाले सरकारमा आफ्नो पार्टी ‘हैरान साझेदार’ भएको बताए । उनले भने,  सरकारमा राप्रपा सहभागी छ तर पनि सरकारको कामप्रति सन्तुष्ट छैन ।’

सरकारले भूकम्पपीडितप्रति ध्यान दिन नसक्दा उनीहरुले गर्मी, जाडो र वर्षा छाप्रो भित्रै बिताउनु परेको भन्दै उनले  भूकम्पपीडितले अझै पनि रु ५० हजार अनुदान बाँड्न नसक्नु दुर्भाग्य भएको बताए ।

सरकारले मधेसको समस्या हल नगरेसम्म कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै उनले मधेसलाई दुई प्रदेश बनाएर जानसके मधेस समस्या हल हुने दाबी

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?