
नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन गइ रहेको प्रथम नेपलीज अमेरिकन सम्मेलनको लागि आएकी हुन् l अभिनेत्री प्रियंका कार्की सम्मेलनमा कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने भएको जानकारी प्रचार प्रसार बिभागका संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।
यसको अतिरिक्त उनले प्रथम नेपलीज अमेरिकन सम्मेलनको भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने भएकी छिन् ।
भेषभुषा प्रदर्शन जुलाई ३ तारिखमा हुनेछ भने उक्त सहभागीहरुलाई निर्णायकहरु गायिका नलिना चित्रकार ,बिना घले तथा विश्व गौतमले छनौट गरेका हुन् l
लस एन्जेलस बिमान स्थलमा प्रियंका कार्की तथा बिना घलेलाई स्वागत गर्न आयोजक समितिको तर्फबाट समाज सेवी उमा कार्की थापा ,संयोजक विश्व सुबेदी , अनुषा कार्की ,शारदा श्रेष्ठ तथा अनिल केसी तथा अन्य गएका थिए l
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4