+
+

सहमतिको सरकार अनिवार्य आवश्यकता भइसक्योः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते १८:०५
Prachand
बाँकेमा आयोजित कार्यक्रममा प्रचण्ड लगायत नेताहरु । तस्वीर: प्रचण्डको सचिवालय

१६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यकता भइसकेको बताएका छन् ।

बाँकेमा बिहीबार आयोजित कार्यक्रममा प्रचण्डले देश अहिले पनि अप्ठ्यारोमा रहेको बताए । उनले भने, ‘यसका निम्ति राष्ट्रिय एकताको खाँचो छ ।’

संविधानलाई लिएर आदिवासी जनजातिका चिन्ता रहेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न पनि राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

‘राजनीतिक नेतृत्वमा देखापरेको अहंकारले राष्ट्रिय एकता कायम गर्न समस्या छ,’ उनले भने, ‘राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

संविधान कार्यान्वयन, शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न र मधेसी जनजातिका चिन्ता सम्बोधन गर्न पनि एकता चाहिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?