+
+

नेपालगञ्जमा पनि इद मनाइयो (फोटो फिचरसहित)

आरपी सुवेदी आरपी सुवेदी
२०७३ असार २३ गते १७:२८

Eid-2073-5

२३ असार, नेपालगञ्ज । एक महिना लामो उपबासपछि इदगाहमा सामुहिक नमाज पढेर नेपालगन्जका इस्लाम धर्मावलम्बीले ‘इद-उल-फित्र’ मनाएका छन् ।

एक महिनाको कठोर ब्रत (रोजा) पछि नेपालगन्जको इदगाह मस्जिदमा बिहीबार विहान नौ बजेदेखि सामुहिक नमाज सुरु भएको थियो ।

इस्लामिक धार्मिक पात्रो हिजिरीका अनुसार मंगलबार २९ रोजाका दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन इद मनाइने परम्परा भएपनि बुधबार चन्द्रमा नदेखिएपछि ३० रोजा पुरागरी बिहीबार इद मनाइएको मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफन नूरानीले जानकारी दिए ।

Eid-2073

उनले दिएको जानकारी अनुसार अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धीका लागि नवौं महिनामा एक महिना भरि रोजा बसी दशौं महिनाको पहिलो दिन इद मनाउने चलन छ ।

उनले रोजा सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म चल्ने र यस महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको बताउदै रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।

Eid-2073-4

Eid-2073-1

Eid-2073-2

Eid-2073-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?