+
+

नवलपरासी सदरमुकाम परासी जलमग्न

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ साउन ७ गते ८:१८

parasi_water७ साउन, नवलपरासी । रातभर परेको पानीले नवलपरासीको सदरमुकाम परासी जलमग्न भएको छ ।

डुबानका कारण स्थानीयलाई हिडडुलमा समेत समस्या भएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले सदरमुकाम परासी डुबानमा परेको बताए ।

पन्तका अनुसार डुबानले मानवीय क्षति भने भएको छैन । भौतिक सम्पत्तिको क्षति भएको भएपनि यकिन विवरण भने नआएको उनले बताए ।

सदरमुकाम परासी भएर बग्ने झराही खोलामा ठूलो बाढी आएको छ । सदरमुकाम परासीमा पानीको निकास नभएका कारण परासीको मुख्य चोकका साथै सडक छेउछाउको भूभाग डुबानमा परेको छ ।

त्यसैगरी नवलपरासीको बेनिमणिपुर ६ पनि डुबानमा परेको छ ।

बेनिमणिपुर ६ को कोल्टानी, बैरेनी, खयरघारी गाउँ पुरै डुबानमा परेको छ । बाढीले बाख्रा तथा कुखुराहरु बगाएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले डुबानमा परेको खबर आएपछि घटना स्थलमा टोली परिचालन गरेको बताए ।

त्यसैगरी नवलपरासीको वेनिमणिपुर ३ को बालुचिरा गाउंमा १५/१७ घर डुबानमा परेको स्थानीय सालिकराम भुसालले बताए ।
उता नवलपरासीको हरपुर क्षेत्र पनि डुबानमा परेको छ ।

त्यसैगरी विनयी खोला लगायतका अन्य खोलाहरुमा आएको बाढीका कारण दुम्किबासबाट सर्दी चल्ने भित्री सडक अवरुद्ध भएको छ ।
त्यसैगरी लगातारको वर्षापछि झरेको ससाना पहिरोको कारण नवलपरासीको दलदलेबाट डेढगाउं बुलिङ्गटार चल्ने भित्री सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?